×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनताले काँग्रेसबाट नयाँपन खोजेका छन् ःसिटौला

११ जेष्ठ २०७५

काठमाडौँ, ११ जेठ ः विधान परिमार्जन गरेर युवामैत्री कार्यक्रम सञ्चालन गरेमात्र काँग्रेसले आगामी निर्वाचनमा राम्रो नतिजा ल्याउन सक्ने बताइएको छ ।

गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति ः काँग्रेसको अबको गन्तव्य’ विषयक कार्यक्रममा वक्ताले काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा परिवर्तन गरेर काँग्रेस अगाडि बढ्ने बेला आएको बताउँदै “प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो, काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नु आवश्यक छ,” भने ।

सबै क्षेत्रको भरोसा गर्नलायक पार्टी काँग्रेस भएको बताउँदै उनले भने, “जनताले काँग्रेसबाट नयाँपन खोजेको छ ।”

सांसद भीमसेनदास प्रधानले कमजोर अवस्थामा रहेको काँग्रेसलाई बलियो अवस्थामा फर्काउनका लागि सबैले आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै मुलुकका विभिन्न राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको काँग्रेस आज किन यस्तो अवस्थामा आयो, यसको बारेमा गम्भीर छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्र भट्टराईले काँग्रेस एकताबद्ध भएर संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको उल्लेख गर्दै “काँग्रेस हारेपनि प्रजातान्त्रिक विचारधाराको विजय भएको छ,” भने ।

नेपाल वार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले काँग्रेसको क्रियाकलापका कारण नेपालका वामपन्थी एक भएको बताउँदै काँग्रेस सच्चिएर अगाडि बढ्नुको विकल्प नभएको विचार व्यक्त गरे ।

डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले पार्टीले भ्रातृ तथा शुभेच्छुक संस्थालाई बेवास्था गर्नुका साथै निर्वाचनका बेला राम्रोसँग परिचालन गर्न नसक्नु काँग्रेस पराजयको मुख्य कारण भएको बताए ।

इञ्जिनियर एशोसिएसन नेपालका पूर्वउपाध्यक्ष धुव्र थापा, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी, नेपाल प्राध्यापक संघका उपाध्यक्ष विनोदकुमार श्रेष्ठलगायतले मुलुकको राजनीतिक अवस्था र काँग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाका विविध पक्षमाथि प्रकाश पारे ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top