×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जनवरी १ देखि साउदीले कोरोना भाइरस सम्बन्धि सबै प्रतिबन्ध हटाउने

२९ भाद्र २०७७

२९ भदौ, दोहा ।
साउदी सरकारले आगामी १ जनवरी देखि कोरोना भाइरस सम्बन्धि लगाएका सबै प्रतिबन्धहरु हटाउने भएको छ । साउदीले १ जनवरी २०२१ पछि नागरिकहरूले साउदी छोड्ने र फर्कने गरि समुद्री र एयरपोर्ट खोल्ने अनुमतिदिन पूर्ण रुपमा प्रतिबन्ध हटाउने निर्णय भएको साउदी प्रेस एजेन्सीले जनाएको छ ।

कोरोना भाइरस सम्बन्धी प्रतिबन्धलाई कम गर्नका लागि यो नयाँ कदमहरूको एक हिस्सा भएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ । अब प्रवासीहरू र भिषाअबधि भएकाहरुले सेप्टेम्बर १५ देखि साउदीमा प्रवेश गर्न पाउने भएका छन् । प्रवासीहरूले प्रवेशका लागि वैध एक्जिट र रिइन्ट्री भिसा, वर्क भिसा, रेसिडेन्सी परमिट र भिसा भएकाहरु सबै कोरोनाभाइरस सम्बन्धी सावधानीका उपायहरू र प्रोटोकलहरू पूरा गरि ४८ घण्टा अघि पीसीआर परीक्षण गरिएको कोरोना नेगेटिभ भएको प्रमाणपत्र देखाउनु पर्ने जनाएको छ ।

कोरोना भाइरस या अन्य कारणले यात्रा प्रतिबन्ध लगाईएका देशहरुको हकमा साउदी सरकारले दिएको यो छुट लागू नहुने जनाएको छ । नयाँ भिसा लगायत अन्य प्रक्रियाबाट साउदी प्रबेश गर्न भने १ जनवरी २०२१ पछिमात्र अनुमति पाउने छन । तर, साउदी सरकारले नेपाललाई प्रतिबन्धको सूचीमा राखेको छ या छैन भन्ने बारे केहि खुलाइएको छैन । यदि प्रतिबन्धको सूचीमा नराखेको भएमा बिदामा गएका नेपाली कामदारहरुले सेप्टेम्बर १५ देखि साउदी प्रवेश गर्न अनुमति पाउने छन् ।

कोरोनाका कारण प्रतिबन्ध लगाएपछि नेपाली कामदार साउदी फर्कन सकेका छैनन् भने साउदीमा विभिन्न कारणले समस्यामा परेका वा रोजगारी गुमाएका हजारौँ नेपाली स्वदेश फर्कन पाएका छैनन् । यसअघि स्वदेश फर्कन नपाएको भन्दै कामदारहरुले नेपाल सरकार तथा साउदीस्थित नेपालीदूतावास बिरुद्ध नाराबाजी गरेका थिए । साउदी अरबमा कानुनी रूपमा करिव ३ लाख १५ हजार नेपाली कार्यरत छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top