×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जागरण अभियान सफल पार्न तरुण दल सक्रिय, सुनसरीमा बुझायो ज्ञापनपत्र

१६ बैशाख २०७६

सुनसरी, बैशाख १५
नेपाली कांग्रेसले देशब्यापी रुपमा सुरु गरेको जागरण अभियान सफल पार्न नेपाल तरुण दल सक्रिय भएको छ । पार्टीको प्रमुख भातृसंगठन नेपाल तरुण दलले हिजो आइतबार देशभरमा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

यसै सन्दर्भमा तरुण दल सुनसरी जिल्ला कार्य समितिले पनि हिजो नै जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउँदै तरुण दल सुनसरी सभापति सिजन गुरुङले दुई तिहाईको सरकारले राज्यका हरेक निकायमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, तानाशाही प्रवृत्ति दोहोरिँदै गएको, महंगी नियन्त्रण गर्न नसकेको, सत्तारुढ पार्टीकै जिम्मेवार नेताहरुले सरकारी सम्पत्ति दोहन गरेको प्रति नेपाल तरुण दलको ध्यानाकर्षण भएको बताए ।

‘बर्तमान सरकार अहिलेसम्मकै तानाशाही भयो, मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारीलाई नै संरक्षण गर्न अगाडी बढिरहेको छ, सरकारको गैरजिम्मेवारपूर्ण ब्यवहारका विरुद्ध तरुण दल जस्तोसुकै आन्दोलन र शान्तिपूर्ण संघर्ष गर्न तयार छ ।’ सभापति गुरुङले भने ।

बुझाइएको ज्ञापनपत्रमा बर्तमान सरकारले संमृद्धिको ढोका खोल्नुपर्नेमा हाल संविधानले निर्दिष्ट गरेका जनताका मौलिक हक अधिकारहरु, प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरणको सिद्धान्त र संबैधानिक सर्वोच्चताको उलंघन हुनु लोकतन्त्रमाथिको निर्मम प्रहार भएको ठहर गरिएको छ ।

ज्ञापनपत्रमा अहिले मुलुक आर्थिक रुपमै टाट पल्टिने अवस्थामा रहेको, संस्थागत भ्रष्टाचार बढेको, सार्वजनिक जग्गा सत्तारुढ दलकै शक्तिशाली नेताबाट निजिकरण हुनु, विदेशीका सन्तानलाई बंशजको आधारमा नागरिकता वितरण सुरु गर्दा तराईका जिल्लाहरुमा नागरिकता लिनेहरुको भिड बढ्नुले स्वतन्त्र राष्ट्रको पहिचान समेत गुम्न सक्ने अवस्था आएको दावि गरिएको छ ।

तरुण दलले देशमा भएका ठूल्ठूला भ्रष्टाचारहरु वाइडवडी खरिदमा भएको घोटाला, नेपाल टेलिकमको फोरजी विस्तारमा भएको घोटाला, बालुवाटारको सरकारी जग्गा ब्यक्तिको नाममा नामसारी काण्ड, एनसेलको पुँजिगत लाभकर काण्डमा समेत निष्पक्ष छानविन गरी दोषि उपर कारवाही गर्न माग गरेको छ । तरुण दलले देशमा बढ्दै गइरहेको हत्या, हिंसा, बलात्कारका घटना प्रति चिन्ता ब्यक्त गर्दै सरकार समक्ष जनताको जिउधनको सुरक्षाको माग गरेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top