×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जितपछि पाण्डेयले भने – ‘यो लोकतन्त्रको जित हो, ओझेलमा परेका मुद्दा उठाउँछु’

१७ जेष्ठ २०७८

१७ जेठ, काठमाडौं ।

लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् ।

जितपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ओझेलमा रहेका संघीयता, गणतन्त्रलगायतका मुद्दाहरु उठाउने बताए । ‘अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ’,पाण्डेयले भने ।

उनले यसअघि आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै यो सबै मतदाताको जित भएको बताए । पाण्डेयले भने, ‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो, नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु ।’

सोमबार सम्पन्न चुनावमा पाण्डेयले एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top