×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टि–२० इन्टर स्कुल मेयर कप क्रिकेटमा डिपिएस फाइनल प्रवेश

७ माघ २०७४

किशोर विश्वकर्मा
विराटनगर, माघ ७
विराटनगरमा जारी अन्तर विद्यालय टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा अन्तर्गत आइतबार सम्पन्न दोस्रो सेमिफाइलन खेलमा दिल्ली पब्लिक स्कुल विजयी भइ फाइनलमा प्रवेश गरेको छ ।

विराट क्रिकेट सोसाइटी र ठाकुर एजेन्सीको आयोजनामा दिल्ली पब्लिक(डिपिएस) स्कुलको खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत आइतबार दिल्ली पब्लिक स्कुल र डिएभी बोर्डिङ स्कुलबिच भएको दोस्रो सेमिफाइनलमा डिपिएस ७८ रनले विजयी भइ फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले व्याटिङ रोजेको डिपिएसले १९ ओभर ३ बलमा १ सय ५ रन बनाएको थियो । डिपिएसका लागि ओम यादवले २५ र कौशल अग्रवालले १५ रनको योगदान दिए ।

डिएभिका लागि शिवम नन्दी, पप्पु यादव, सुविज्ञ पाण्डे र शुभम यादवले समान २÷२ विकेट लिए । १ सय ६ रनको विजय लक्ष्य सहित जवाफि व्याटिङमा उत्रिएको डिएभि ११ ओभर ३ वलमा सवै विकेट गुमायो ।

डिपिएसका लागि तन्मय कर्ण ५, उदय यादव र आर्य विराजीले समान २÷२ विकेट लिए । खेलको म्यान अफ द म्याच डिपिएसका तन्मय कर्ण घोषित भए । सोमबारको फाइनल खेल न्यूमुन र डिपिएस विच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top