×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टी–२० लिगको ’फिक्सिङ’ भएको निचोड नजिक प्रहरी

२४ पुष २०७९

२४ पौष,काठमाण्डौ ।
नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा नेपाल टी–२० लिगमा ’फिक्सिङ’ भएको प्रमाणित भएको छ। फिक्सिङको आरोपबिच अहिले पनि सो लिग जारी छ। आजबाट लिगको क्वालिफायर खेल सुरु हुँदैछन्।क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)को मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स भागेको देखि खेलाडीले पैसा नपाएको, बेटिङ भएको देखि खेलाडीको श्रम स्वीकृतिको विषयले यो लिग सुरुदेखि नै विवादित बनेको थियो।

काठमाडौं नाइट्स लगायतका टोलीको खेलाडीलाई ’फिक्सिङ’का लागि अफर गरेको खबर बाहिरिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा लिगमा ’बेटिङ’ हुने गरेको देखिएको हो। भारत भागेको क्यानको मुख्य साझेदार सेभेनथ्री स्पोर्ट्स नै ’बेटिङ’मा लागेको प्रहरी अनुसन्धानमा खुलेको छ।

सो कम्पनीले एक खेलाडीलाई एक लाखदेखि तीन लाखसम्म ’अफर’ गरेको समेत खुलेको छ। सेभेनथ्री स्पोर्ट्सका मालिक भारत गएपछि पनि उनले क्यानलाई एक करोड रुपैयाँ पठाएको समेत देखिएको छ। प्रहरीको अनुसन्धानमा फिक्सिङमा ३ देखि ४ जना नेपाली र ५ जनाभन्दा बढी विदेशी नागरिकको भूमिका देखिएको खुलेको छ।

लिगमा अनियमितता भएको खबर बाहिरिएपछि आइसीसीको दुई सदस्यीय टोलीसमेत नेपाल आएको थियो। सो टोलीले पनि प्रहरीलाई अनुसन्धान अघि बढाउन सुझाव दिएको थियो। कमेन्टेटर सचिन तिमल्सेनाले मंगलबार बिहान क्रिकेटमा गैरक्रिकेटीय कार्य भइरहेको भन्दै कमेन्ट्री नगर्ने घोषणा गरेका थिए ।

फेसबुकमा एउटा भिडियो सार्वजनिक गदै उनले भनेका छन्, ‘म नेपाल टीट्वेन्टी लिगमा जोडिएको १० दिन भयो। यसक्रममा मैले धेरै यस्ता क्षणहरू मैदानमा देखेँ जुन आश्चर्यजनक लाग्यो’, ‘नेपाली क्रिकेटमा कहिल्यै नदेखेका कुराहरू यसपटक देखेँ। तिमल्सेनाको भिडियो पोस्ट भएपछि तरंगित बनेको क्रिकेट वृत्तलाई काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लको कुराले झनै झस्कायो ।

विराटनगर सुपर किङ्सविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कप्तान मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका छन् । यस्तै आईसीसी अन्तर्गतको एन्टी करप्सन युनिटका प्रतिनिधि रितेश सिंहले पनि केही खेलाडीका विषयमा उजुरी आएको पुष्टि गरेका छन् ।

भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गरेको सेभेन थ्री स्पोर्टस सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो । नेपालमा सट्टेबाजी प्रतिबन्धित छ । सेभेन थ्रीले प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि अर्को सट्टेबाज कम्पनी वान एक्स बेटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरेको थियो ।

सट्टेबाजी र स्पट फिक्सिङका घटना छरपस्ट भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले जारी नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा फिक्सिङको गतिविधि भएका जानकारी भएमा प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । क्यानले बाहिर आएका विषयलाई ढाकछोप गर्ने गरी प्रतियोगितामा म्याच फिक्सिङ र स्पट फिक्सिङ भएको हल्ला भ्रामक र मिथ्या भएको समेत जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top