×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्रम्पले गरे प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर

१२ मंसिर २०७६

१२ मंसिर, एजेन्सी । हङ्कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।

अमेरिकी काँग्रेसले पारित गरेको उक्त विधेयक अब कानुन बनेको छ । हङ्कङ प्रजातन्त्र तथा मानव अधिकार कानुनले हङ्कङले बाँकी चीनबाट पर्याप्त स्वायत्तता हासिल गरे नगरेको विषयमा वार्षिक समीक्षा गर्ने प्रस्ताव गरेको छ ।

राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङ, चीन र हङ्कङका जनताप्रति सम्मान व्यक्त गर्न आफूले नयाँ कानुनमा हस्ताक्षर गरेको बताए । तर चिनियाँ अधिकारीहरूले यसअघि नै अमेरिकालाई आफुहरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिइसकेका छन् ।

राष्ट्रपति ट्रम्पले भने चीन र हङ्कङका नेता तथा प्रतिनिधिहरू आफ्ना मतभेदहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर ती विधेयकहरू लागु गर्न लागिएको बताए ।

उक्त विधेयक गत जुन महिनामा हङ्कङमा प्रदर्शनहरू सुरु हुन लाग्दा अमेरिकी काँग्रेसमा प्रस्तुत गरिएको र गत महिना काँग्रेसबाट अत्यधिक बहुमतले पारित भएको थियो । विधेयकमा हङ्कङ चीनको भाग हो र त्यसको आफ्नै कानुनी र आर्थिक व्यवस्था छ भन्ने उल्लेख छ ।

त्यसैगरी वार्षिक समीक्षाले हङ्कङको कानुनमा निर्दिष्ट गरिए झैँ त्यहाँका नागरिकको स्वतन्त्रता र कानुनी शासनलाई चीनले चलाए नचलाएको भन्ने विषयको आँकलन गर्नेछ भन्ने लेखिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top