×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ट्राफिक प्रहरीको देशब्यापी ‘चालक सम्मान’ कार्यक्रम

१२ आश्विन २०७६

१२ असोज, काठमाडौँ ।
ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित चालक सम्मान’ कार्यक्रम पनि सुरु गरेको छ । ट्राफिक प्रहरीले आइतबार काठमाडौंको नयाँ बसपार्कबाट दशैंका यात्रु बोकेर गएका बसका चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित फुलको माला र खादा लगाएर सम्मान गरेको हो ।

चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित सम्मान गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुहरुको सुरक्षित यात्राका लागि चालकहरुलाई अझै हौसला प्रदान होस् भन्ने उद्देश्यका साथ दशैंको अवसर पारेर शुभकामनासहित चालक सम्मान कार्यक्रम पनि शुभारम्भ गर्नु परेको स्पष्ट पारे । चालकहरुको लापरबाहीका कारण सडक दुर्घटनामा परी धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न सो कार्यक्रमको पनि शुभारम्भ गरेको हो । त्यस अवसरमा प्रहरी महानिरीक्षक खनालले यात्रुका लागि सधै भगवानको रुपमा रहेका चालकहरुले सुरक्षित ढंगले यात्रुहरुको यात्रा सफल बनाउने विश्वास व्यक्त गरे । उनले कुनै पनि यात्रुले आफ्नो ज्यान गुमाउन नपरोस् भनि शुभकामना पनि व्यक्त गरे । प्रहरी महानिरीक्षक खनालले चालक तथा सहचालकहरुले जिम्मेवारीपूर्वक सवारी साधन चलाउन पनि सचेत गराए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नागरिकहरुको सुरक्षित यात्राको सुनिश्चितताका लागि प्रहरी प्रधान कार्यालयको निर्देशनमा दशैं लक्षित ‘सुरक्षित यात्राको शुभकामना कार्यक्रम’ देशभर संचालन गरिएको बताए । उनले यस कार्यक्रमले नागरिकको सुरक्षामा पनि महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे । ट्राफिक प्रहरीले दशैंको पहिलो दिन आइतबारबाट सुरु गरेको सो अभियान देशभर ३ दिनसम्म संचालन हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सुरक्षित यात्राका लागि चालक तथा सहचालकहरुलाई तनावमा आउने खालको कुनै पनि गतिविधि नगर्न यात्रुहरुलाई पनि आग्रह गर्दै आएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top