×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

डडेल्धुरामा खानेपानीको हाहाकार

१३ जेष्ठ २०७५

डडेल्धुरा, १३ जेठ

लामो समयदेखि वर्षा नहँुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् ।

पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौंँ पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ ।

करीब एक हप्तादेखि खानेपानीको चरम अभाव भएपछि नगरपालिकाले जिल्ला सदरमुकामका बासिन्दालाई पानी वितरण गर्न थालेको छ । खानेपानी समस्या देखिएपछि नजीकका खोलाबाट पानी ल्याई वितरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराए ।

फागुन–चैतदेखि नै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लाभर पानीको समस्या देखिएको छ । परशुराम नगरपालिका–७ स्थित बड्डीमलासको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो पानी भर्न समस्या भएको स्थानीयवासीको दुखेसो छ ।

बड्डीमलासमा मात्र नभई जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पनि खानेपानीको समस्या छ । मलास क्षेत्रमा रहेका पिलकोट, भूमिथला, काजीगडा, कसान, बस्न्यौटा, गौरीखान, दधिगडा, खोरिया, जामिरगडा, पुरानपानी, आइडुग्रा, सुवाखान, पल्गडी, सिमलबण्डलगायत डेढ दर्जनभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको पहाडी भेग अजयमेरु, वेलापुर चिपुर, देवल, भागेश्वर, रुपाल, अशिग्राम, मणिलेक, कोटेलीका गाउँमा पनि खानेपानीको हाहाकार शुरु भएको स्थानीयवासी बताउँछन् ।

परशुराम नगरपालिकाको चुरै क्षेत्रसँगै आलिताल गाविसअन्तर्गत चुरे क्षेत्रमा रहेका बस्तीमा समेत खानेपानीको सङ्कट देखिएको छ । आलितालका फल्लेखर्क, दोबाटा, कुजरयानीलगायत बस्तीमा समेत खानेपानीको सङ्कट उत्पन्न भइरहेको स्थानीय अगुवा रघुवीर धामीले बताए ।

त्यसैगरी खानेपानीको मुहान मर्मत नहँुदा र पानीको मूल सुकेर जाँदा अभाव भई हाहाकार भएको रुपालदान टमटाले जानकारी दिए । बाह्र महिना प्रशस्त पानी हुने मुहानमा समेत अहिले गाग्रो पानी भर्न पनि घण्टाैँ लाग्ने भएपछि चुरे क्षेत्रका बासिन्दा गाग्रो बोकेर पानीको मुहानको खोजीमा भाैतारिने गरेको स्थानीयवासी अंगवीर धामीले बताए । उनले भने,“डेढ घण्टा ओरालो झरेर खोरिया खोलाबाट पानी बोक्नुपर्ने अवस्था आएकोे छ ।”

गाउँमा रहेका खानेपानीका पुराा मुहानलगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको आलितालका बासिन्दा नन्दसिंह विष्टले राससलाई बताए ।

मलास क्षेत्रका झण्डै दुई सय घरपरिवारका लागि खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई पानीको जोहो गर्न समस्या भएको हो । लामो समय पानी नपरेपछि जमीन सञ्चित हुन नपाएको र मुहान सुकेर जान थालेपछि समस्या आउन थालेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ ।

वर्षाैपहिले निर्माण गरिएको खानेपानीका योजना मर्मत नहुँदा पनि धेरैजसो गाउँमा खानेपानी समस्या देखिएको खानेपानी कार्यालय डडेल्धुराले जनाएको छ ।

परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान कुवा, नौलासमेत सुकेपछि महिला तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका छन् । अत्यन्तै संवेदनशील मानिने चुरे क्षेत्रलगायत सरकारी तथा सामुदायिक वनमा वर्षेनी भइरहेको वन विनाशका कारण पानीका मुहान सुकेको स्थानीय अगुवा बताउँछन् ।

वनजङ्गल क्षेत्रमा जथाभावी सडक निर्माणले पनि पानीको मूल सुकेको स्थानीयवासीको भनाइ छ । सडक निर्माणका कार्यका लागि ठूलाठूला डोजर, स्काइभेटरजस्ता साधनको कम्पनले मूल सुकेको खानेपानी कार्यालयले जनाएको छ । समयमा नै खानेपानीका मूल संरक्षंण नगर्ने हो भने जिल्लाको उच्च पहाडी क्षेत्र महाभारत र चुरे आसपासका बस्तीसँगैं सदरमुकाम र अन्य ग्रामीण बस्तीमा अझै समस्या उत्पन्न हुुने देखिन्छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top