×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

त्रिदेशीय फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

११ चैत्र २०७७

११ चैत, काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगिताको लागि नेपालले २३ सदस्यीय टोली घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले कप्तान किरण चेम्जोङको नेतृत्वमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ परेका छैनन् । नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की रहेका छन् । यस्तै डिफेन्डरमा रंजित धिमाल, निशान लिम्बु, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान परेका छन् । फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास रहेका छन् ।

मङ्गलवार (हिजो) देखि सुरु भएको त्रिदेशीय फुटबलअन्तर्गत नेपालले बिहीवार बङ्गलादेश र आउँदो शनिवार किर्गिस्तानसँग खेल्दैछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top