×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनकुटाको आमहड्ताल स्थगित

धनकुटा, माघ ९
धनकुटामा ६ दिनदेखि जारी अनिश्चितकालिन आमहड्ताल सोमबार साँझदेखि स्थगित भएको छ । धनकुटा सदरमुकाममा साँझ सम्पन्न आन्दोलन परिचालन समितिको बैठकले आमहड्ताल फिर्ता लिने निर्णय गरेको हो । आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले आमहड्ताल फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गरिएको जानकारी दिए ।

उनका अनुसार मंगलबारदेखि ७ दिनसम्म १२ देखि १ बजेसम्म १ घण्टा चक्काजाम मात्र गर्ने कार्यक्रम रहेको छ ।
तर ७ दिनमा सरकारले बार्तामा वोलाएर माग सम्बोधन नगरे पुनः आमहड्ताल गर्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा धनकुटाबासीले आन्दोलनलाई चर्काउँदै आमहड्ताल आह्वान गरेका थिए । त्यसअघिदेखि नै धनकुटाबासी राजधानी माग गर्दै आन्दोलित भएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top