×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धनगढीको सेन्चुरी बैँक शाखामा गोली प्रहार !

१३ जेष्ठ २०७५

विराटनगर,जेठ १३ :प्रदेश नम्बर ७ को राजधानी धनगढीको सेन्चुरी बैंकको शाखा कार्यालयमा गोली प्रहार भएको छ ।

धनगढीको ट्राफिक चोक नजिकै रहेको सेन्चुरी बैंकमा बैंक खुलेपछि पैसा निकालेर बाहिर निस्कँदै गरेका व्यक्तिमाथि आज बिहान अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक इन्द्र मल्लका अनुसार गोली लागि घाइते भएका ती व्यक्तिलाई उपचारका लागि सेती अञ्चल अस्पताल लगिएको छ ।

लुटेराले गोली प्रहार गरी उनलाई लुट्न खोजेको प्रहरीले अनुमान गरेको छ । तर लुटपाट भए नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top