×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नदीमा डुबेर दुई बालकको मृत्यु

२० असार २०७५

कैलाली, असार २०

कैलालीको गौरीगंगा नगरपालिका– ११ शिवपुरमा मंगलबार साँझ नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको छ ।

स्थानीय कटैनी नदीमा साथीको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका आठ वर्षीय छोरा सचिन भुल र सोही स्थानका बाधुराम चौधरीका १२ वर्षीय छोरा अमन चौधरीको करीब ७ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

नदीको पानीको सतह बढेका कारण पौडी खेल्ने क्रममा मुत्यु भएको प्रहरी नायब उपरीक्षक वलीले बताए । मृतक दुवै बालकको शव परीक्षणमा लागि सेती अञ्चल अस्पताल, धनगढी पु¥याइएको बताइएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top