×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा

२ भाद्र २०८१

२ भदौ ,एजेन्सी ।

पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परेको प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन्। क्याथोलिक मेडिकल एन्ड डेन्टल स्टुडेन्ट्सको महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु सहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाइएको छ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन्। उनीहरूको रिहाइको बदलामा फिरौती मागिएको छ।” नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो।

बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन्। नाइजेरियामा गम्भीर आर्थिक सङ्कटका कारण अपहरण गर्ने क्रम बढेको छ। राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दा दर्ता भएका छन्।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top