×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नागढुंगादेखि धादिङसम्म सुरुङ मार्ग बन्ने

६ आश्विन २०७६

६ असोज, काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङ मार्ग बनाउन सोमबार सम्झौता हुने भएको छ ।

२ दशमलव ६ किलोमिटर लामो यो सुरुङ जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले निर्माण गर्न लागेको हो । निर्माण सुरू भएको ४२ महिनामा सक्ने भनिएको सुरुङ मार्ग समयमै सकिए नेपालको पहिलो सडक सुरुङ मार्ग हुनेछ ।

आयोजना निमार्णका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक सहयोग हुनेछ । यसअघि नै जाइकासँग १६ अर्ब ऋण सम्झौता भइसकेको छ ।

सोमबार सम्झौता भए पनि निर्माण सुरू गर्न केही समय लाग्ने आयोजना प्रमुख श्याम खरेलले बताए । धादिङतर्फको जग्गा विवादका कारण निर्माण प्रकृया पछि धकेलिँदै आएको थियो।

त्यहाँका स्थानीयले काठमाडौंतर्फकै मूल्यमा जग्गाको मुआब्जा माग गरेपछि जग्गा सम्झौता हुन सकेको थिएन । गत साउन २१ मा सरकारले प्रस्ताव गरेको दरमा नै स्थानीयले मुआब्जा लिन मानेपछि प्रकृया अघि बढेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top