×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पाँच लाखसम्म जरिवाना

१२ जेष्ठ २०७८

१२ जेठ, सङ्खुवासभा ।

सङ्खुवासभामा कोरोना संक्रमण घट्न नसकेपछि निषेधाज्ञालाई थप कडाइ हुने भएको छ । जिल्लामा निषेधाज्ञा उल्लङ्घन गरे पाँच लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

निषेधाज्ञाको समयमा कसैले बाधा अवरोध गरे एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै उल्लङ्घन गर्नेलाई दण्ड र जरिवाना समेत कार्यन्वयन गर्ने निर्णय भएको हो ।

नेपाल सरकारको कोभिड व्यवस्थापन सम्बन्धी २०७८ मा जारी गरेका अध्यादेशअनुसार कोही कसैले मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने उल्लेख छ ।

जिल्लामा गत वैशाख २५ गते राति १२ देखि लागु भएको निशेधाज्ञा यही जेठ २५ गते राति १२ बजेसम्म थपिएको छ । हालसम्म जिल्लामा पाँच सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top