×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘नेकपा सरकारका काण्डैकाण्ड’ सार्वजनिक

६ आश्विन २०७६

६ असोज, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।

काँग्रेस सभापति देउवाले संविधान र कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै चर्को आलोचना गरे । ‘विना प्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजना र बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अघि बढाइएको छ,’ सभापति देउवाको आरोप थियो, ‘संविधान र कानुनी रुपमा पनि विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट स्पष्ट हुन्छ कि यसमा सरकारले धेरै ठूलो भ्रष्टाचार गरेको छ ।

नैनसिंह महरद्धारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले ओली सरकारले शुन्य सहनशीलता कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी पनि गरे । सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी पनि दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टीे आगामी निर्वाचनमा विजयी हुने दावी गरे । उनले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा पनि जोड दिए । पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने महामन्त्री कोइरालाको भनाई थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top