×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट ७ जनाकाे मृत्यु

९ भाद्र २०७७

९ भदाै, काठमाडाैँ ।

कोभिड–१९ संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप सात जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको बताए ।

जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष, सिराहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुसाका ७६ वर्षीय पुरुष, र रुपन्देहिका ५३ वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ सय ६४ पुगेको प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय ५५ जना नयाँ संक्रमित थपिएको पनि प्रवक्ता गौतमले बताए। यससँगै कुल संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको भएर घर फर्किने संक्रमितहरुको संख्या १९ हजार १ सय १९ पुगेको छ ।

आज देशभर आइसोलेसनमा रहने संक्रमितहरुको संख्या १४ हजार २ सय ५० रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ६ सय ६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top