×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाली सेनाले खडा गर्यो पूर्वी नाकामा स्क्रिनिङ क्याम्प

२५ जेष्ठ २०७७

२५ जेष्ठ, झापा ।
भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले स्क्रिनिङ क्याम्प खडा गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बिहीबार सम्पन्न बैठकले सीमावर्ती पूर्वी नाकामा सेनाको अस्थायी क्याम्प राख्ने निर्णय गरेको थियो । यसअघि जिल्लाकै कोरोना हटस्पट कचनकवलको क्वारेन्टाइनको व्यवस्थापकीय जिम्मा सेनालाई दिइएको थियो ।

क्याम्पमा भारतबाट आउने नेपालीको स्वास्थ्य जाँच गरिने छ । झापाकालाई सम्बन्धित पालिकाहरुमा पठाइने छ । जिल्ला बाहिरकालाई सम्बन्धित जिल्ला पठाइने चारआलीस्थित नयाँ श्रीनाथ गण चारआलीका गणपति कर्नेल अमरजङ थापाले जनाए ।

उनका अनुसार जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित नेपाली सेनाको २५ जनाको टोलीले पहिलो चरणमा काम गर्ने जनाइएको छ । सीमा नाकाबाट आएका नेपालीलाई काँकडभिट्टा माविको मैदानमा बनाइएको स्क्रिनिङ क्याम्प लगिने छ’, मेचीनगरका मेयर विमल आचार्यले भने, उनीहरुको स्वास्थ्य अवस्था बुझेर थप उपचार या घर पठाउने काम हुने छ ।’

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top