×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल र अष्ट्रियाबीच समझदारी पत्रमा हस्ताक्षर

१४ जेष्ठ २०७६

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री वर्षमान पुनले भ्रमणको क्रममा गत जेठ ८ गते बुधबार अष्ट्रियाको राजधानी भियनामा त्यहाँका समकक्षी एन्दे्रईस रेईकार्डसँग सो सहमति पत्रमा हस्ताक्षर गर्नु भएको हो । मन्त्री पुनले जलविद्युतको क्षेत्रमा धेरै काम गरेको अष्ट्रियासँग जलविद्युत सम्बन्धि प्रविधि भित्रयाउने गरी सो समझदारी गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराउनु भएको हो । जलविद्युत क्षेत्रको प्रविधिसम्बन्धि ३१ वटा भन्दा बढि कम्पनी भएको सो मुलुकसँग जलविद्युत पूर्वाधार विकासमा अन्य विषयमा पनि छलफल गरिएको मन्त्री पुनको भनाई थियो । मन्त्री पुनले अष्ट्रिया भ्रमणको क्रममा संयुक्त राष्ट्र संघीय उद्योग विकास संगठनका उपाध्यक्ष ली योङसँग पनि भेटवार्ता गरी जलविद्युत र नविकरणीय उर्जाको विकास, प्रवद्र्धन एवम् उर्जा दक्षताका विषयमा थप सहकार्य गर्नुपर्नेमा जोड दिनु भएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्धारा मंगलबार जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top