×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपाल र रावलको स्पष्टीकरण कारवाही योग्यः प्रधानमन्त्री ओली

१३ चैत्र २०७७

१३ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई कारवाही गर्ने संकेत गरेका छन्।

नेपाल र रावललाई सोधेको स्पष्टीकरण प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ती स्पष्टीकरण कारवाहीयोग्य भएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज बालुवाटारमा राखेको संसदीय दलको बैठकमा यसबारे जानकारी गराएका हुन्।

बैठकमा ओलीले भनेका कुरा उद्धृत गर्दै एमाले सचेतक विशाल भट्टराईले भने, ‘तत्कालीन वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण आएको छ। अरू दुई जना नेताको स्पष्टीकरण आउन बाँकी छ। नेपाल र रावलको स्पष्टीकरण कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ। यसबारे केन्द्रीय कमिटीबाटै थप निर्णय लिन्छौं भनेर उहाँले भन्नुभएको छ।’

नेपाल र रावलले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले कारवाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ थियो। उनले एमाले विभाजनका रेखा र आशंका यसअघि देखिएकोमा आजदेखि अन्त्य भएको र पार्टी एकढिक्का भएको भट्टराईले दाबी गरेका छन्।

ओलीले नेपाल र रावलको स्पष्टीकरण अत्यन्त नकरात्मक रहेको संसदीय दलको बैठकमा बताएका थिए। ‘प्रधानमन्त्रीले भनेको शब्द यही हो– प्राप्त भएका स्पष्टीकरण नकरात्मक र कारवाहीको भागीदार छ। बाँकी दुई जनाको त्यो कोणबाट नभई पार्टी एकढिक्का राख्न मद्दत पुग्ने खालका स्पष्टीकरण आउनेछ भन्ने अपेक्षा राखेको छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’

प्रधानमन्त्री ओलीले फागुन २८ मा गरिएका निर्णय फिर्ता नहुने पनि बताएका छन्। आज संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावलबाहेक झलनाथ खनाल–नेपाल पक्षका अधिकांश सांसद उपस्थित थिए। खनाल आफैँ संसदीय दलको बैठकमा उपस्थित भएर सर्वोच्चले एमाले ब्युँताएकै अवस्थाबाट पार्टी अगाडि बढ्नुपर्ने तथा एकलौटी भएका निर्णय फिर्ता लिनुपर्ने बताएका थिए।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top