×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रकारहरुको सामाजिक सञ्जालमा अब प्रेस काउन्सिलले निगरानी गर्ने

९ आश्विन २०७६

९ असोज, काठमाडौँ । देशभरका पत्रकारहरुको सामाजिक सञ्जालमा नेपाल प्रेस काउन्सिलले अबदेखि निगरानी गर्ने भएको छ ।

काउन्सिल र नेपाल पत्रकार महासंघले मंगलबार पत्रकार आचारसंहिता संशोधन गर्दै सामाजिक सञ्जालमा पनि पत्रकार मर्या्दित ढंगले प्रस्तुत हुनुपर्ने व्यवस्था गरेको हो ।

नयाँ संशोधनमा भनिएको छ, ‘पत्रकार तथा सञ्चार माध्यमले सामाजिक संजालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य, तथ्यपूर्ण, सन्तुलित र मर्या्दित हुनु पर्दछ ।’

नेपाल प्रेस काउन्सिलकका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले चौथो अंगको रुपमा पत्रकारहरुले सामाजिक सञ्जालमा पनि व्यवहार गर्नुपर्ने बताए ।

‘सामाजिक संजालका अन्य प्रयोकर्ताहरुले प्रकाशन गरेको जानकारी वा विचाररकमेन्टहरुलाई सेयर वा रिट्वीट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चार माध्यमले आफूले प्रकाशन गरे सरह तथ्य जाँच गरी निष्पक्षतालाई समेत ख्याल गरि सम्प्रेषण गर्नुपर्छ।’ संशोधनमा उल्लेख छ ।

अनलाइन र युट्युबहरुले कुनै आपत्तिजनक, धार्मिक आस्थामा प्रहार गर्ने, साम्प्रदायिक विषय राखेकामा त्यस्तो सामाग्री अनलाइनहरुबाट हटाउन इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुलाई निर्देशन दिने व्यवस्था समेत आचारसंहितामा गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top