×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पत्रकारिता प्रशिक्षण प्रतिष्ठान गठन गर्न प्रदेश सरकारलाई सुझाव

१७ जेष्ठ २०७६

प्रदेश १ सरकारले बनाएको आम सञ्चार अध्ययन कार्यदलले प्रदेश १मा पत्रकारिता प्रशिक्षण प्रतिष्ठान गठन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७६ बैशाख ५ गते मन्त्रीस्तरीय निर्णयबाट अग्रज पत्रकार यज्ञ शर्माको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले आफूले बनाएको प्रतिवेदनमा प्रदेश सरकारलाई पत्रकारिता प्रशिक्षण प्रतिष्ठान गठन गर्न सुझाव दिएको छ ।

यस्तै विज्ञापन बितरणमा स्थानीय संचारमाध्यामलाई प्राथमिकता, बिज्ञापन प्राधिकरण गठन लगायतको सुझाव कार्यदलले दिएको छ । कार्यदलले २५ बर्षसम्म काम गरेका पत्रकारहरुको सुची समेत तयार पारेर सरकारलाई उपलब्ध गराएको कार्यदलका संयोजक यज्ञ शर्माले जानकारी दिए । पत्रकार तथा संचारकर्मी दुर्घटना परेको बेला, गम्भीर प्रकृतिको रोग लागि समस्या भएको बेला, श्रमजीवी पत्रकार बेरोजगार भई सहयोग गर्नु पर्ने अबस्था भएमा पत्रकार सुरक्षा कोषको स्थापना गर्नपनि सुझाव दिएको छ ।

त्यस्तै कुनै दुर्घटनाका कारण वा दुर्घटना नभई पत्रकार अपाङ्ग भई पत्रकारिता गर्न नसक्ने अवस्था भएमा प्रदेश सरकारको तर्फबाट सहयोग गर्नको लागि पनि पत्रकार सुरक्षा कोष आवश्यक पर्ने कार्यदलको सुझाव छ । कार्यदलले दिएको प्रतिवेदन बुझदै प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले कार्यदलले दिएका सुझावहरुलाई क्रमिक रुपमा कार्यान्वयन गर्दे लैजाने बताए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top