×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटकको सुरक्षामा सक्रिय हुन प्रहरीलाई निर्देशन

९ आश्विन २०७६

९ असोज, काठमाडौँ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकहरुको सुरक्षामा थप सक्रिय हुन पर्यटक प्रहरीलाई निर्देशन दिएका छन्।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी एकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै उनले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकाले व्यवहार, बोली, बचन, पोशाकलगायत नमूनायोग्य हुनुपर्ने बताए ।

प्रहरी महानिरीक्षक खनालले प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ भने ।

समुदाय प्रहरी साझेदारी अवधारणाअनुसार समुदायसँग पनि समन्वय गरेर प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै उनले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी जिम्मेवारी पूरा गर्न निर्देशन दिए । रासस

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top