×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटन व्यवसायीले उठाएका समस्या कस्ता छन् ?

१० चैत्र २०७७

१० चैत, काठमाडौँ । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बन्धित एक प्रतिनिधिमण्डलले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाल समक्ष १७ बुँदे मागपत्र बुझाएको छ ।

नेपाल ट्रेकिङ्ग, ट्राभल्स, ¥याफ्टिङ्ग, एयरलाइन्स, संस्कृति पुरातात्विक, कार्गो कुरियर श्रमिक युनियन (यूनिट्राभ)को एक प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ढकाललाई भेटगरी मागपत्र बुझाएको हो ।

कोरोना महामारीपछि अस्तव्यस्त बनेको पर्यटन क्षेत्रको उत्थान गर्नुपर्ने, समाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सुचिकृत गर्नुपर्ने, पर्यटन श्रमिकको ज्याला तथा पारिश्रमिक ४० प्रतिशतले बढाउनुपर्ने, नेचर गाइडको समस्या समाधान गरिनुपर्ने, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य गरिनुपर्ने, माउन्टेन गाइडको तलब र बीमा निर्धारण गरिनुपर्ने, होलिकप्टर रेस्क्यूमा हुने विभेद अन्त्य गरिनुपर्ने, विमानस्थलका श्रमिक आपूर्तिकर्ता कम्पनीबाट लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने लगायतका मागहरु मागपत्रमा समावेस गरिएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए ।

यस्तै पदमार्ग क्षेत्रमा इजाजतपत्र परीक्षण गर्ने व्यवस्था गर्न समेत युनिट्राभको माग छ ।

विकासको नाउँमा महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य पनि तत्काल बन्द गर्न समेत युनिट्राभले माग गरेको छ ।

यसबाहेक महिला पथप्रदर्शकमाथि हुने विभेदपूर्ण व्यवहार अन्त्य गरिनुपर्ने, हरेक पदमार्गको प्रवेशद्धारमा अनिवार्यरुपमा प्राथमिक उपचारका सामग्रीहरुको निःशुल्क व्यवस्था गर्नुपर्ने, विभिन्न पदमार्ग क्षेत्रमा लागेका सिण्डिकेट बन्दगर्न, पर्यटन विभागबाट इजाजतपत्र प्राप्त गरि पथप्रदर्शकमा काम गर्दै आएको सबै गाइडहरुलाई श्रमिकमैत्री रुपमा व्यक्तिगत प्यान उपलब्ध गराउन र सगरमाथा पदमार्ग क्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जले गाइड श्रमिकहरुलाई अनावश्यक लिदैं आएको रकम तुरुन्त बन्द गर्नुपर्ने माग समेत गरेको छ ।

मागपत्रका विषयमा पर्यटनमन्त्री ढकालले आफू सकारात्मक रहेको भन्दै अध्ययन गरेर समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top