×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्वतमा माटोको ढिस्कोले पुरिएर मोरङका युवकको मृत्यु

६ आश्विन २०७६

६ असोज, पर्वत ।
सडकमा काम गरिरहेका बेला माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर कुस्मा नगरपालिकामा एकजना सबओभरसियरको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङका करिब २३ वर्षीय कमल राई रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए।

मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईलाई परेको हो।

उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ। शवलाई पोष्टमार्टमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ।

स्काभेटरले खनेर बनेको ढिस्को खसेर मान्छे पुरिएको भन्ने खबर पाउँदासाथ स्थानीय र नजिकै रहेको पर्वत सदरमुकाम कुस्माबाट ठूलो सङ्ख्यामा मानिसहरू पुगेका थिए।

उद्धारमा खटिएका अच्युत पौडेलका अनुसार माटोमुनि मान्छे रहेको थाहा पाउँदा पनि दुर्घटनास्थलमा पुगेकाहरू फोटो र भिडियो खिच्दै बसिरहेका थिए। उनले भने, हामीले हातले माटो पन्छाएर उद्धारको प्रयास गर्यौँ।’ तत्काल एक्साभेटर चलाएर उद्धार गरेको भए यस्तो नराम्रो घटना नहुने थियो कि भन्ने उनको अनुमान छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top