×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पशुपतिनाथ महोत्सवको तयारी पूरा

२९ फाल्गुन २०७४

काठमाडौँ, फागुन २९
पशुपतिनाथ महोत्सवको तयारी पूरा भएकोे छ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो ।

यही फागुन ३० देखि चैत ७ गतेसम्म महोत्सव आयोजना हुँदैछ । धार्मिक र सांस्कृतिक महत्व बोकेको उक्त महोत्सवबाट धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

पाशुपत् क्षेत्रमा परम्परादेखि मनाउँदै आएको स्थानीय जात्रा दुरुच्याःच्याको शुभारम्भ फागुन २६ गतेदेखि भएसँगै उत्साह बढेको छ । अगामी चैत ७ गतेसम्म स्थानीय पाँचहरे जात्रा एवं देशोद्धार पूजालगायत जात्रा पर्व आयोजना हुने भएकाले सो महोत्सवलाई थप आकर्षक बनाइने संयोजक केदारमान भण्डारीले बताए ।

महोत्सवका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । महोत्सवमा धार्मिक गोष्ठी प्रवचनका अतिरिक्त तस्वीर, वृत्तचित्र प्रदर्शनी, नेवारी तथा अन्य परिकार, कला संस्कृति प्रदर्शन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त कलाकारको प्रस्तुति रहने छ ।

उक्त महोत्सवमा श्रीमद् भागवत कथा, पाहाँचह्रे जात्रालगायतको अवलोकन, संगीतमय महाआरती, दुर्लभ धार्मिक पुस्तक प्रदर्शनी, नेपाल र भारतका वरिष्ठ कलाकारद्वारा शास्त्रीय तथा भक्तिसंगीतसमेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

निःशुल्क ध्यान तथा योग शिविर, अन्तरविद्यालय शास्त्रीय नृत्य तथा भक्ति संगीत प्रतियोगिता, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, खाना महोत्सव, पशुपति तथा जात्रा सम्बन्धी वृत्तचित्र र विशिष्ट धार्मिक गुरुद्वारा वैदिक प्रवचन, धर्मध्वज तथा राष्ट्रिय झण्डाको विशाल रुपको दर्शन, शिवपार्वतीको ताण्डवसहित मूर्तिको दर्शनलगायत कार्यक्रम गरिनेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top