×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पहिरोले अवरुद्ध पाल्पाको तानसेन–रिडी सडकखण्ड सुचारु

९ असार २०७७

९ असार, पाल्पा । पहिरोका कारण अवरुद्ध पाल्पाको तानसेन–रिडी सडकखण्ड मंगलबारबाट सुचारु भएको छ ।

सोमबार बेलुका गुडिरहेका ४ वटा सवारी–साधनलाई पहिरोले पुरेपछि अवरुद्ध सडक मंगलबारबाट सञ्चालनमा आएको हो ।

पहिरोमा परेर तीनजनाको मृत्यु भएको थियो । पहिरोले चारवटा सवारीसाधन पुरेको थियो । सवारीसाधनमा रहेका दुईजनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको उपचारकाक्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पाका २५ वर्षीय भुवन खाम्चा र काभ्रेका २८ वर्षीय निवेश श्रेष्ठ रहेका छन् ।

अविरल वर्षाका कारण खसेको पहिरोले सडकमा गुडिरहेका पानी ट्यांकर, ट्रक, पिकअप जिप र कार पुरिएको थियो । पहिरोमा अरु मानिस परेको आशंकामा खोजतलास भने जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top