×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पाकिस्तानका बाबर अजम आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ बने

२७ बैशाख २०७८

२७ बैशाख, एजेन्सी । राष्ट्रिय टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको प्लेयर अफ मन्थ बन्न असफल भएका छन् ।

आईसीसीले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार पाकिस्तानका बाबर अजम अप्रिल महिनाको प्लेयर अफ मन्थ भएका छन् । महिनाभरको प्रदर्शन र समर्थकको मतका आधारमा आईसीसीले कुशल सहित पाकिस्तानमा अजम र फकर जमानको मनोनयन सार्वजनिक गरेको थियो ।

अप्रिल महिनामा तीन एकदिवशीयमा २ सय २८ तथा सात ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ३ सय ५ रन जोडेर अजम प्लेयर अफ मन्थ भएका हुन् । अजम हालै विराट कोहलीलाई पछि पार्दै आईसीसी एकदिवशीय वरियतामा नम्बर एक ब्याट्सम्यानसमेत बनेका थिए ।

अघिल्लो महिना नेपालसहित मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रीदेशीय प्रतियोगिता नेपालले जित्दा कुशल म्यान अफ द सिरिज बनेका थिए । डेब्यू प्रतियोगिताको पाँच खेलमा उनले चार अर्धशतक प्रहार गरे ।

डेब्यूसँगै लगातार तीन अर्धशतक प्रहार गर्ने कीर्तिमानसमेत बनाएका थिए । त्यस्तै महिलातर्फ अस्ट्रेलियाली क्रिकेटर एसिला हेले अप्रिल महिनाको उत्कृष्ट खेलाडी चुनिएकी छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top