×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वराजा ज्ञानेन्द्र सहभागी हरिद्वार कुम्भ मेलामा गएका सयौँ संक्रमित

२ बैशाख २०७८

२ बैशाख, काठमाडौँ । कुम्भमेलाका लागि ठूलो सङ्ख्यामा मानिसहरू भेला भएको भारतको हरिद्वारमा नौ वरिष्ठ सन्तसहित सयौँ भक्तजनमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

दुई महिनासम्म चल्ने मेलाको एउटा मुहूर्तमा अस्ति ३० लाखभन्दा बढी श्रद्धालुले गङ्गास्नान गरेका थिए । लाखौँ मानिसले हिजो पनि गङ्गा नदीमा स्नान गरेका अधिकारीले बताएका छन् ।

भारतमा दैनिक कोरोना भाइरस सङ्क्रमणको दर बढिरहेको भए पनि तीर्थस्थलमा ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका हुन् । भारतमा कोरोना महामारी सुरु भएपछि हिजो अहिलेसम्मकै सबै दैनिक सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा झण्डै दुई लाख जना सङ्क्रमित भएका छन् ।

महामारी फेरि उत्कर्षमा पुग्न लागेका बेला कुम्भमेला आयोजना गर्न दिइएको भन्दै आलोचना भइरहेको छ । नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि मङ्गलवार गङ्गास्नान गर्नु भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top