×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको पहिलो अडिसन सम्पन्न

१४ फाल्गुन २०७४

विराटनगर, फागुन १४
पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको पहिलो अडिसन सम्पन्न भएको छ । विराटनगरमा चैतको अन्तिम सातामा हुने प्रिन्सेसको चौथो र प्रिन्सको दोस्रो सेसनको पहिलो अडिसन सम्पन्न भएको हो ।

एड होम एडभरटाइजिङको आयोजनामा भइरहेको पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ को पहिलो अडिसन विराटनगरमा भएको हो । अडिसनमा विभिन्न कलेजमा अध्यनरत १ सय ५० भन्दा बढी यूवा–यूवतीहरुको सहभागिता रहेको कोरियोग्राफर साजिद आलमले जानकारी दिए ।

इटहरी, धरान र दमकमा भएको अडिसनबाट प्रतियोगितामा २० जना यूवा र २० जना यूवती प्रतिस्पर्धाका लागि छनौट गरिने छ ।

विभिन्न स्थानमा अडिशन पछि प्रतिस्पर्धी छनोट गरिने छ । छनौट भएका प्रतियोगीलाई २२ दिन सम्म व्यक्तित्व विकास, सामाजिक सेवा, आउट डोर, ईन डोर फोटो सुटलगायतका गतिविधि सिकाइने छ ।

पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्सको विजेताले ५ लाखको जीवन विमा प्राप्त गर्नेछन् । अघिल्ला वर्षमा नगद र गिप्ट ह्म्पर पुरस्कार प्राप्त गर्दै आएका थिए भने यसपटक देखि विजेताको पहिलो पटक जीवन विमा पनि गरिने भएको हो ।

पूर्वाञ्चलका विभिन्न कलेजमा अध्ययनरत यूवा–यूवतीको सिर्जनात्मक क्षमताको प्रवद्र्धन तथा सीप विकास गरी समाजमा प्रतिष्ठित जीवन बाँच्न सक्षम बनाउने उद्देश्यले पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रिन्स विगत ४ बर्ष देखि सञ्चालनमा गर्दै आएकोे छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top