×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पेट्रोलियम पदार्थको मूल्य बढेर आयो ,ग्यास १०० रुपैयाँले घट्दै

१६ श्रावण २०८०

१७ साउन, एजेन्सी ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार आज नयाँ मूल्य सूची आएको हो । जसमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढेर आएको हो । निगमका अनुसार पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ, मट्टितेलमा ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ ।

त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिन्डर एक सय रुपैयाँले घटेर आएको हो । नेपालमा स्वचालित प्रणाली लागु भएकाले अब सोहीअनुसार ग्यास सिलिण्डरको मूल्य घट्ने र अन्यको बढ्ने नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । नेपालमा नयाँ मूल्यसूची आजै राति १२ बजेदेखि लागू हुने उनको भनाइ छ ।

गत वर्ष असार ३१ गते परल मूल्यमा डिजलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको हो । त्यहीअनुसार अहिले प्रत्येक महिनाको १ र १६ तारिखमा भारतबाट प्राप्त हुने नयाँ मूल्यसूचीको आधारमा पेट्रोलियम पदार्थको स्वचालित मूल्य कायम हुने गरेको छ ।

यसले गर्दा प्रत्यक्ष रुपमा भारतबाट घटेर वा बढेर आउने तेलको नयाँ मूल्यसूची अनुसार नेपालमा पनि मूल्य निर्भर हुन्छ । त्यसैले यो पटक पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्मले बढ्ने निगमले जनाएको छ । तर ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घट्ने भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top