×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्डद्वारा माधव नेपाल र देउवासँग भेट

२४ जेष्ठ २०७८

२४ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच सोमवार (आज) दिउँसो छलफल भएको छ । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड उहाँकै निवास बूढानीलकण्ठ पुगेका थिए ।

भेटमा सुदुरपश्चिम प्रदेशको सरकार गठनबारे छलफल भएको र अरू समसामयिक राजनीतिबारे पनि कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । उहाँहरूबीच भएको थप कुराकानीबारे भने खुलाइएको छैन ।

कांग्रेस सभापति देउवालाई भेट्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए । नेता नेपालकै निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको खनाल–नेपाल समूह र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयुक्त गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि विपक्षी गठबन्धन सर्वोच्चमा पुगेको छ । अहिले यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेलगत्तै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनसम्बन्धी परेका मुद्दाबारे सर्वोच्चको फैसला कुरिरहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top