×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ मा २८७ जना काेराेना संक्रमित थपिए

१८ मंसिर २०७७

१८ मंसिर, विराटनगर ।

प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २–२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १–१, झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, शिवसताक्षी, कचनकवल र बा¥हदशीमा ३–३, गौरादह र अर्जुनधारामा २–२, गौरीगञ्ज, बुद्धशान्ति, मेचीनगर र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २५, इनरुवामा ६, रामधुनीमा ५, धरानमा ४, दुहवीमा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह, हरिनगर र देवानगञ्जमा १–१, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ७, इलामको इलाम नगरपालिकामा ४, पाँचथरको फिदिम, हिलिहाङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा २, स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर र अरुणमा १–१, ताप्लेजुङको पाथीभरा याङवरक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र धनकुटाको पाख्रिवासमा १–१ र प्रदेश १ बाहिरका २६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ८२० पुगेको छ ।

प्रदेश १ मा आज १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ४३७ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४११ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३० महिला र १५७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हालसम्म १ लाख ९४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top