Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ सरकारलाई तिब्बतले दियो ८ करोडको स्वास्थ्य सामग्री

प्रदेश १ सरकारलाई तिब्बतले दियो ८ करोडको स्वास्थ्य सामग्री

१९ जेष्ठ, विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले ठूलो मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

तिब्बत सरकारले प्रदेश १ सरकारलाई करिब ८ करोड रुपैयाँको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो ।

सोमबार विराटनगरमा तिब्बत सरकारले नेपाल चीन कार्यकारी परिषद् मार्फत ७ करोड ७३ लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री हस्तान्तरण गरेको हो । तिब्बत सरकारले प्रदान गरेको मेडिकल सामाग्री नेपाल चीन कार्यकारी परिषद्का प्रदेश १ संयोजक मुकेश उपाध्यायले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे ।

कार्यक्रममा राईले तिब्बत सरकारले उपलब्ध गराएको मेडिकल सामाग्रीलाई कोरोनाको माहामारी रोकथाम, उपचार र परिक्षणमा प्रभावकारी रुपमा उपयोग गरिने बताए । कार्यक्रममा नेपाल चीन कार्यकारी परिषद् प्रदेश १ का संयोजक उपाध्यायले कोरोना महामारी नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले तिब्बत सरकारले प्रदेश १ सरकारलाई मेडिकल सामाग्री सहयोग गरेको जानकारी दिए ।

तिब्बत सरकारले पीसीआर टेष्टिङ मेशिन २ थान, आरडीटी किट १ हजार थान, स्वाव स्टिक १ हजार थान, भीटीएम भायल्स १ हजार थान हस्तान्तरण गरेको छ । यस्तै ३ थान भेन्टिलेटर, पीपीइ सेट ५ हजार, एन नाइटिन माक्स ५ हजार, सर्जिकल माक्स २ हजार, सर्जीकल ग्लोव्स १ हजार,सर्जिकल फेस साइल्डस २ हजार ५ सय थान हस्तान्तरण गरेको छ ।

यस्तै युएसजी पोर्टेवल मेशिन १ थान, एक्सरे पोर्टेवल मेशिन १ थान, आइआर थर्मोमिटर २ सय थान र ह्याण्ड सेनिटाइजर १ हजार थान हस्तान्तरण गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.