×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ सरकारले नमुना वस्ती योजना बिर्सियो

६ जेष्ठ २०७६

विराटगनर ६ जेठ
प्रदेश १ को पहिलो मन्त्रिपरिषदको बैठकले गरेको प्रदेशका शहिदभूमिहरुमा नमुना वस्ती बनाउने निर्णय कार्यान्वय प्रकृयामा अगाडि नबढदा योजना नै अलपत्र बनेको छ । अघिल्लो ३ फाुगनमा बसेको पहिलो प्रदेशको मन्त्रिपरिषदले विभिन्न ११ स्थानका सहिद भूमिमा नमुना वस्ती बनाउने निर्णय गरेको थियो । मन्त्री परिषदले गरेको निर्णय कार्यान्वय गर्न नसक्दा प्रदेश सरकारको पहिलो निर्णय नै अलपत्र परेको हो । प्रदेश सरकारले यो कार्यक्रमलाई १ सय दिने र नीति तथा कार्यक्रममा समेत समावेश गरेको थियो । तर बीचमा सरकारको प्राथमिकतामा यो कार्यक्रम नपरेपछि शहीद भूमिमा नमुना वस्ती निर्माण गर्ने योजना अलपत्र बनेको हो । भौतिक तथा पूर्वाधार मन्त्रालयका सुचना अधिकृत लोकेन्द्र सोडारीले मन्त्रालयमा कुनैपनि शहिद भूमिहरुमा नमुना वस्ती बनाउने योजनाका कार्यक्रम समावेश नरहेको बताए । ‘शहिद भूमिहरुमा नमुना वस्ती बनाउने भनेर हामीले पनि निर्णय सुनेको,जानकारी पाएको हो,मन्त्रालयका सुचना अधिकारी सोडारीले भन्ने‘मन्त्रालयमा शहिद भूमिहरुमा नमुना वस्ती बनाउने योजना सम्बन्धीको कुनै योजना समेटिएको जानकारीमा मलाई छैन’। प्रदेश सरकारका प्रवतmा एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मन्त्री परिषदले गरेको शहिद भूमिहरुमा नमुना वस्ती बनाउने निर्णयलाई कार्वान्वयका लागि सरकारले आगामी आर्थिक बर्षको बजेटमा समावेश गरी योजना कार्यान्वयका गर्ने तयारी भई रहेको जानकारी दिए। ‘शहिद भूमिहरुमा नमुना वस्ती बनाउने कामलाई अगाडी बढाउन कर्मचारी अभाव लगायतका बिषयले बिचमा समस्या देखिएकै हो,मन्त्री कार्कीले भने,सरकार आफनो निर्णयबाट पछि हटदैन,यसको डिपिआर लगायतका प्राविधिक तयारीका काम अवको आर्थिक बर्ष भित्रै सम्पन्न हुनेछ,’। मन्त्रिपरिषदले मदन भण्डारीको जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, रत्नकुमार बान्तवा र बम बान्तवाको गाउँ इलामको चमैतामा नमुना वस्ती बनाउने निर्णय गरेको थियो । त्यसैगरी झापाको सुखानी, धनकुटाको छिन्ताङ, ओखलढुंगाको रामलक्ष्मण शहीदभूमि, तेह्रथुमको आङबुङ र भोजपुरको बासीखोरामा नमुना बस्ती बनाउने निर्णय प्रदेश सरकारले गरेको थियो । यस्तैगरी,संखुवासभाको स्याबुङ, भोजपुरको हतुवागडी, तेह्रथुमको आठराई र पाँचथर मेहेलेपुरमा पनि नमुना बस्ती निर्माण गरिने प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top