×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री नियुक्ति प्रक्रिया: ..त्यतिबेला गिरिजाले पनि यही विधि अपनाएका थिए

४ फाल्गुन २०७४

काठमाडौं – शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको सपथ खुवाएपछि यसबारे बहस चलेको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले प्रधानमन्त्रीको सपथ प्रक्रिया असंवैधानिक नभएको बताएका छन् ।

उनले निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम बुझाइसकेपछि संसदको बैठक बोलाएर मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने कतै नलेखिएको बताए ।

मैनालीले भने, ‘प्रधानमन्त्रीको हकमा यस्तो गर्न मिल्छ तर, संविधानमा धेरै कुरा प्रष्ट नहुँदा यस्ता विवाद आउने गर्छन् ।’

एसोसिएसनकै अर्का पूर्वअध्यक्ष प्रमबहादुर खड्काले ओलीले प्रधानमन्त्री बन्न हतार गरेको बताए ।

‘संसद बैठक बोलाएर बिस्तारै प्रधानमन्त्री भएको भए सर्वसाधारणमा पनि बुझ्न सजिलो हुन्थ्यो अलिक हतार भयो कि’, खड्काले भने, ‘संवैधानिक प्रक्रिया नपुर्याएको त होइन तर नयाँ अभ्यासजस्तो भयो ।’

समाचारमा लेखिएको छ, खड्काले २०४८ सालमा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले पनि यही विधि अपनाएको बताए ।

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top