×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार सन्दुक रुईतलाई

५ आश्विन २०७६

५ असोज, काठमाडौं ।

राष्ट्रपति विद्या भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई हासिल हुने गरी बैज्ञानिक खोज तथा अनुसन्धानका माध्यामबाट प्राप्त ज्ञान तथा नविनतम प्रविधिको प्रयोगमा जोड दिन सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले अध्ययन र अनुसन्धानको क्षेत्रमा प्राज्ञिक तथा शिक्षण संस्थाहरुलाई थप प्रोत्साहन हुने गरी प्रतिभा विकास, पहिचान र उजागर हुने गरी राज्यका सबै निकायको ध्यान पुग्ने विश्वास पनि व्यक्त गरिन ।

आइतबार काठमाडौंमा एक कार्यक्रममा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुईतलाई ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मान गर्दै उहाँले सरकारले विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा प्रोत्साहन हुने गरी राष्ट्रिय पुररस्कारहरु स्थापना गर्दै गएकोमा खुसी पनि व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले नेपाल परापूर्व कालदेखिनै खोज, अनुसन्धानको थलोको रुपमा रहेको स्मरण गराउँदै त्यस्ता खालको ज्ञान र विज्ञानको विकास गर्न सम्वद्ध निकायहरु उत्तिकै अग्रसर हुनुपर्नेमा पनि जोड दिइन ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले खोज तथा अनुसन्धानको क्षेत्रको विकासका लागि प्रोत्साहन गर्न सरकारले सो पुरस्कारको पनि व्यवस्था गरेको बताए ।

उनले सरकारले कृषि क्षेत्रको विकासका लागि पनि वैज्ञानिक अध्ययन र अनुसन्धानको कामलाई उच्च प्राथमिकता दिएको पनि स्मरण गराए । आँखाको अनुसन्धानमा अन्तराष्ट्रिय क्षेत्रमा समेत ख्याती कमाएका वरिष्ठ चिकित्सक रुईतलाई ५ लाख नगदसहित सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले युवा वैज्ञानिकद्धय रति मियाँ र विकल्प ढुंगानालाई पनि जनही नगद २ लाख ५० हजारसहितको ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहायता’ पुरस्कार प्रदान गरेकी थिइन ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top