×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रशासन परिसरमा मोरङका पत्रकार रोए

५ जेष्ठ २०७६

संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन् ।

आइतबार विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय परिसर मोरङमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको सांकेतिक विरोधका क्रममा पत्रकारहरु आँशु झार्दे रोएका हुन । समाचार लेखेको कारण नयाँ विधेयकले १० लाख रुपैयाँसम्मको जरिवाना सजाय तोक्ने प्रावधान अघि सारेसँगै देशभरका पत्रकारहरु आन्दोलित हुदै आएका छन् । विरोधका क्रममा नेपाल पत्रकार महासंघ प्रदेश एकका अध्यक्ष विक्रम लुइँटेलले सरकारले ल्याएको विधेयक मान्य नहुने बताए । त्यसैगरि विरोधका क्रममा प्रेस यूनियन मोरङका अध्यक्ष कुमार लुइटेलले विधेयक कार्यान्वलमा आए यसले स्वतन्त्र पत्रकारिता ध्वस्त हुने बताए ।

कार्यक्रममा प्रेस युनियन प्रदेश एकका संयोजक लिलाबल्लभ घिमिरेले विधेयकका कारण पत्रकारहरु त्रसित भएको उल्लेख गरे । सांकेतिक विरोधका क्रममा करिब ४५ मिनेट पत्रकारहरु रोएका थिए । विरोध कार्यक्रममा नागरिक समाज लगायत विभिन्न संघ सस्थाका प्रतिनिधीको समेत सहभागिता रहेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top