×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

फ्रान्सका राष्ट्रपतिलाई सार्वजनिक स्थलमै चड्कन

२६ जेष्ठ २०७८

२६ जेष्ठ, बीबीसी ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँलाई देशको दक्षिणपूर्वी भागमा भ्रमण गरिरहेको बेला मुहारमा चड्कन हानिएको छ।

सामाजिक सञ्जालमा फैलिरहेको एक भिडिओमा भ्यालेन्स शहरबाहिरको भागमा भ्रमणको बेला राष्ट्रपति माक्रोँ एक सुरक्षा तगारो राखिएको ठाउँमा मानिसहरूलाई भेट्न पुगेका थिए।

त्यहाँ हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हान्छन्। लगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई तानेर लैजान्छन्।

दुईजना पक्राउ

फ्रान्सका सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनापश्चात् दुईजना पुरुषलाई पक्राउ गरिएको छ।

घटनापछि बोल्दै माक्रोँले त्यसलाई एक असामान्य घटना भनेका छन्। हामीले अति हिंसक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन। ती यसको लायक छैनन्, उनले एक पत्रिकालाई भने।

उनले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन्। माक्रोँका समर्थक र विपक्षी दुवैले उक्त घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन्।

अर्को वर्षको चुनावमा माक्रोँको सम्भावित प्रतिस्पर्धी लोकप्रियतावादी नेतृ मारिन ल पेनले राष्ट्रपति विरूद्धको हिंसा अस्वीकार्य रहेको बताइन्।

एकजना कनिष्ठ आन्तरिक मामिला मन्त्रीले राष्ट्रपतिमाथिको चड्कन प्रत्येक फ्रान्सेली जनतामाथिको चड्कन भएको बताएका छन्।

को हुन चड्कन हान्ने?

माक्रोँलाई चड्कन हान्ने पुरुषले मोँजुवा सान्ट डेनी भनेर चिच्च्याएका थिए। त्यो नारा फ्रान्सेली इतिहासका राजा शार्लामेनको समयसँग जोडिएको छ।

चड्कन हानेको घटनापछि राष्ट्रपति माक्रोँ फेरि घटनास्थलमा पुगेर त्यहाँ रहेका मानिसहरूसँग हेलमेल गरिरहेको भिडिओमा देखिन्छ।

हालसम्म चड्कन हान्ने पुरुषको परिचय र उनको नियत प्रस्ट भएको छैन। स्थानीय अधिकारीहरूका अनुसार उनी र अन्य एक व्यक्तिसँग प्रहरीले सोधपूछ गरिरहेको बताइएको छ।

चड्कन हान्ने घटना लगत्तै त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षा अधिकारीहरू परिचालित भएका थिए।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top