×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बिराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु

१२ आश्विन २०७६

१२ असोज, विराटनगर ।
मोरङको सुन्दरहरैचा नगरपालिका–६ विराटचौकमा टिपरको ठक्करबाट ९ बर्षीय बालकको मृत्यु भएको छ ।

आईतबार दिउँसो करिब पौने ३ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६२७३ नम्बरको टिपरले स्थानीय मिलन थपलियाको ९ बर्षीय छोरा लुकास थपलियालाई ठक्कर दिंदा बालकको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

चालकलाई नियन्त्रणमा लिएको र अन्य थप अनुसन्धान भईरहेका उक्त कार्यालयले जनाएको छ । बिराटचौकमा ९ महिना अघि पनि टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थानीयले आधा दर्जन बढी टिपर जलाउनुका साथै सो सडकमा टिपर आवातजावतमा रोक लगाएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top