×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुटवलमा ‘जिओलोजिकल पार्क’ बनाउने तयारी

११ जेष्ठ २०७५

रुपन्देही, ११ जेठ ः बुटवलमा भूगर्भका बारेमा अध्ययन गर्न मिल्ने ‘जिओलोजिकल पार्क’ बनाउने तयारी शुरु भएको छ । 

“वन विज्ञान र वातावरणका विद्यार्थीका लागि प्रयोगात्मक अध्ययन गर्न मिल्ने पार्क बनाउनेबारेमा डिपिआरसहितको लिखित प्रस्ताव आउने छ, त्यसैलै पनि हामीलाई ठूलो उत्साह जागेको छ,” बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले भने ।

उनले यस क्षेत्रमा प्रदेशस्तरको जिओलोजिकल पार्क बनाउने मौखिक प्रस्ताव उपमहानगरपालिकाले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष गरेको उल्लेख गर्दै प्रदेश सरकारले तत्काल जग्गा खोज्न निर्देशन दिएको बताए ।

सो पार्कका लागि शिवनगर सामुदायिक वन क्षेत्र, हिलपार्क परिषद् क्षेत्र, मणिमुकुन्द सेवा उद्यान क्षेत्रका साथै उपमहानगरपालिकामा पर्ने अन्य क्षेत्रका बारेमा अध्ययन भइरहेको सुवेदीले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेल, प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनाल र योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठसहितको टोलीले सम्भावित तथा प्रस्तावित क्षेत्रको अवलोकन गरेको थियो । उपप्रमुख आचार्यले प्राविधिक अध्ययनपछि पार्क कहाँ राख्ने भन्ने विषय निश्चित हुने बताए ।

बुटवलको झण्डै ५४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने वातावरण सन्तुलित राख्न करीब ४३ प्रतिशत भूमि वन क्षेत्रले ढाक्नुपर्ने बताइएको छ ।

जिओलोजिकल पार्कका लागि उपयुक्त जग्गा निश्चित हुनेबित्तिकै डिपिआर तयार हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद खनालले बताए । भूगर्भीय पार्कका बारेमा अध्ययन गर्न डा सागर न्यौपानेसहित विज्ञ टोलीले हालै बुटवलका विभिन्न क्षेत्रको अध्ययनसमेत गरेको यसका अर्का अभियन्ता बलबहादुर आचार्यले बताए ।
रासस

 

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top