×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुढासुब्बा गोल्डकप : साहारालाई हराउँदै पुलिस सेमिफाइनलमा

२८ माघ २०७५

काठमाडौं,माघ २८
धरानमा जारी बुढासुब्बा गोल्डकप अन्तर्गत नेपाल पुलिस क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।धरान रंगशालामा आज भएको खेलमा पोखराको साहारा क्लबलाई सडन डेथमा ४–३ ले पराजित गर्दै नेपाल पुलिस सेमिफाईनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । खेलको ३३ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो । रवी पासवानले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासलाई निरकुमार राईले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८४ औं मिनेटमा साहाराले बराबरी गोल फर्कायो । पुलिसका अजित भण्डारीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा विश्व अधिकारीले गोल गरे । टाइब्रेकरमा दुवै टोलीले २–२ प्रहार चुकाउँदा सडन डेथमा पुलिसले जित हासिल गरेको हो ।

टाइब्रेकरमा पुलिसका लागि अजित भण्डारी, देवेन्द्र तामाङ र सुमन सुवेदीले गोल गर्दा तेज तामाङ र हरि कठायतको अन्तिम दुई प्रहार चुकेको थियो । साहाराका गोविन्द थापाले पहिलो प्रहार चुकाउँदा विश्व अधिकारी, विनोद गुरुङ र कुलदिप कार्कीले गोल फर्काए ।

अन्तिम प्रहारमा रमेश मगर चुकेपछि खेल सडन डेथमा धकेलियो । पुलिसका भरत शाहले गोल गरेपछि साहाराका अन्जन देवकोटा चुक्दा पुलिस विजयी भएको थियो ।

खेलमा पुलिसका मिडफिल्डर निरकुमार राई म्यान अफ द म्याच भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top