×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बृहत विराट क्षेत्र विधेयक सर्वसम्मत पारित

१५ बैशाख २०७६

विराटनगर,बैशाख १५
बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ सर्ब सम्बतले पारित भएको छ । प्रदेश नं १ को आइतबार बसेको प्रदेश सभाको बैठकले विधेयक संशोधनसहित पारित गरेको हो । सरकारले ल्याएको बृहत विराट विकास क्षेत्रको अवधारणमा थप पाँच वटा पालिका थपिएका छन् ।

यस अघि सुनसरी र मोरङ जिल्लाका १२ वटा पालिकाको केन्द्र भागमा सुनसरीको इटहरीलाई पार्ने गरी बृहत विराट क्षेत्र विकासको अवधारण अघि सारिएको थियो । विधेयक माथि सत्ता पक्ष र प्रतिपक्षका सांसदले संशोधन दर्ता गरेपछि सुनसरीका दुई र मोरङका तिन पालिका बृहत विराट क्षेत्र विकासको अवधारणमा समेटिएको हो । अव बृहत विराट क्षेत्र विकासको अवधारणमा १९ वटा पालिका समेटिएका छन ।

जसमा संशोधन गरी थप गरिएका पालिकामा सुनसरीको कोशी गाँउपालिका र बराह नगरपालिका रहेका छन । त्यसैगरी मोरङका रंगेली,धनपाल र केराबारी गाँउपालिका समावेश गरिएको छ । विधेयक माथि १५ जना सांसदले संशोधन दर्ता गराएका थिए । जसमा सत्तापक्षका १२ जना रहेका थिए भने प्रतिपक्ष नेपाली काग्रेसका २ जना सांसदले संशोधन दर्ता गराएका थिए ।

संघीय समाजबादी पार्टीका संसदीय दलका नेता जयराम यादवलेपनि संसोधन दर्ता गराएका थिए । संशोधनकर्ता सांसदले यसको क्षेत्र बिस्तार गर्र्नु पर्ने माग सहित संशोधन गर्दा गराएपछि सरकारले उनीहरुको मागलाई सम्बोधन गदै १२ पालिकामा समेटिएको बृहत विराट क्षेत्र विकासको अवधारणमा थप पाँच पालिकालाई समावेश गरेको हो ।

आन्तरिम मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विधेयकमाथि दर्ता भएको संशोधनलाई सम्बोधन गदै सरकारले यसकोसिमा क्षेत्रलाई बिस्तार गरेको बताएका थिए । त्यसैगरी मन्त्री कार्कीले बृहत विराट क्षेत्र विकासको तालुक मन्त्रालयमा रुपमा भौतिक पुर्वाधार मन्त्रालय तोकिएको जानकारी दिए । भौगोलिक हिसाबमा इटहरी केन्द्र भागमा पर्ने गरी बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेश संसदमा दर्ता भएपछि २४ जना सांसदले त्यसको शैदान्तिक छलफलमा भाग लिएका थिए ।

उनीहरुले यो विधेकलाई राजधानीसंग जोडेर ल्याएको हुनसक्ने आशंका गरेका थिए भने कतिपयले कसहत विराट क्षेत्र विकासको अवधारणमा पहाड र हिमालका जिल्लालाई विकासको अवधारणकबाट टाठा बनाउन खोजिएको आशंका व्यतm गरेका थिए । सरकारद्वारा बृहत विराट विकास क्षेत्रमा सुनसरीका सात र मोरङका पाँचवटा पालिका समेटिएको थियो ।

जसअनुसार मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका छन् । यसैगरी सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, त्यस्तै बर्जु र गढी गाउँपालिका समेटिएका थिए । क्षेत्रगत हिसाबले पनि यी सबै पालिकाको बीच भागमा इटहरी अवस्थित छ । उत्तरतर्फ धरान, दक्षिणमा दुहबी, गढी, बुढीगंगा र विराटनगर, पश्चिमतर्फ रामधुनी, पूर्वतर्फ सुन्दरहरैंचा तथा ग्रामथानले इटहरी घेरिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top