×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बेलबारीमा बसबाट घरेलु मदिरा बरामद

७ आश्विन २०७६

७ असोज, विराटनगर ।
मोरङको बेलबारीमा बसमा लुकाईछिपाई ल्याएको मदिरा सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

मंगलबार दिउँसो करिब १ बजे बेलबारी वडा नं. ३ कार्यालय अगाडी पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५३६४ नं.को बसलाई ईप्रका बेलबारीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा ८५ लिटर घरेलु मदिरा फेला परेको थियो ।

मदिरासहित प्रक्राउ पर्नेमा बसका चालक उर्लाबारी–४ बस्ने बर्ष–३५ को बलबहादुर बि.क, सहचालक उर्लाबारी–७ बस्ने बर्ष–२८ को रियान कार्की, मदिरा बोक्ने बेलबारी –११ बस्ने बर्ष–४० की सबिना मगर बर्ष–५० की फूल कुमारी राई रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिई बस,घरेलु मदिरा,मानिस सहित आन्तरिक राजस्व कार्यालय बिराटनगर पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top