×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतको दिल्लीमा अन्न बजारमा आगलागि, ४३ जनाभन्दा बढीको मृत्यु

२२ मंसिर २०७६

२२ मंसिर, काठमाडौं । भारतको राजधानी दिल्लीमा रहेको एउटा अन्न बजारमा आगलागि हुँदा ४३ जनाभन्दा बढीको ज्यान गएको छ ।

दिल्लीको रानी झाँसी रोडमा रहेको अन्न बजारमा बिहान आगलागी हुँदा ४३ जना भन्दा धेरैको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दर्जनौँ कामदार सुतिरहेका बेला आगलागी भएको थियो । आगो लागेको केही समयमा नै दमकल पुगेको भए पनि आगो नियन्त्रणमा लिन कठिनाइ हुँदा धेरैको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ ।

आगलागीमा परेर १५ जनाभन्दा बढी गम्भीर घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा अहिले पनि उद्दार कार्य जारी छ ।

दिल्लीको एलएनजेपी अस्पतालमा पुर्‍याइएका ४९ मध्ये ३४ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । बाँकी १५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । घाइतेहरुको आरएमएल, एलएनजेपी, हिन्दु राव र सफदरजंग अस्पतालमा उपचार भइरहेको छ ।

घटना लगत्तै प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायतले ट्वीट गर्दै दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top