×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा जनता कर्फ्युका कारण नाका ठप्प

९ चैत्र २०७६

९ चैत्र, झापा ।
भारतको काकड्भिट्टा स्थित पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ ।

आइतबार भारतमा लगाइएको जनता कर्फ्युका कारण भारतीय पक्षले आवागमनमा रोक लगाएपछि पश्चिम बंगलासँग सीमाना जोडिएको पूर्वको काँकड्भिट्टा नाका सुनसान भएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले बिहानैबाट पूर्वी नाका ठप्प भएको बताए । जनता कर्फ्युको असर जोगवनी नाकामा पनि परेको छ । यस नाकाबाट समेत आवातजावत प्राय शुन्य छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मीमात्रै छन् ।

सर्वसाधारणको आवागमन ठप्प छ । नाका बन्द भएपछि कोरोनाको संक्रमण भित्रन नसक्ने भन्दै झापाका विभिन्न संघ संस्था र नागरिक समाजले केही दिन नाकाबन्द गर्न आग्रह गरेका छन् । मेचीनगरका मेयर विमल आचार्यले नाकाबन्द गर्न सरकारलाई आग्रह गरिसकेको जनाएका छन् ।

भारतका विभिन्न सहरमा कार्यरत तथा बंगलादेशमा अध्ययनरत नेपाली जनता कर्फ्युका कारण देश फर्किन पाएका छैनन् । नाका ठप्प हुँदा उनीहरु भारतमै अलपत्र परेको बुझिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top