×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतमा शक्तिशाली बन्दै उदाए मोदी

१० जेष्ठ २०७६

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । उनी दोस्रो कायकालका लागि प्रधानमन्त्री बन्ने पकका भएको छ ।

लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेको छ । भाजपाले २९९ सिटमा जितिसकेको छ । ४ सिटमा अग्रता लिएको छ । विपक्षी कंग्रेस आईका उम्मेदवाले ५२ सिटमा जित हासिल गरेका छन । २०१४ को लोकसभा चुनावमा ४४ सीट जितेको कंग्रेस आइले केही सीट बढाउनबाहेक कुनै प्रभाव देखाउन सकेन । ७ चरणमा करिब डेढ महिनामा सम्पन्न भारतको लोकसभा चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । बहुमतका लागि २ सय ७२ सिट चाहिनेमा भाजपा एक्लैले आवश्यकभन्दा  २७ सीटमा बढीमा जित हात पारिसकेको छ ।

भाजपा नेतृत्वको एनडीए (नेसनल डेमोक्रेटिक एलायन्स)  जित र मतगणनामा लिएको अग्रताका आधारमा करिब ३४८ सीट जित्ने सम्भावना देखिएको छ । उता कांग्रेस नेतृत्वको यूपीए (युनाइटेड प्रोग्रेसिभ एलायन्स) ले करिब ९५ सिट जित्ने अनुमान छ । यसपटक पनि कांग्रेसले प्रतिपक्षी दलको मान्यता पाउन कुल सिटको १० प्रतिशत अर्थात् ५५ सिट पनि नजित्ने देखिएको छ । जिजुबाजे जवाहरलाल नेहरुका पालादेखि कांग्रेसले जित्दै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा कांग्रेस अध्यक्ष राहुल गान्धी पराजित भएका छन् । पराजय स्विकार्दै उनले भाजपाकी स्मृति इरानीलाई बधाई दिएका छन्। इरानी मोदी सरकारकी मानव शंसाधन मन्त्री हुन् ।

यसैगरी बिहारको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दिएका जवाहरलाल नेहरु विश्वविद्यालयका चर्चित छात्र नेता कन्हैयाकुमार पनि भाजपाका गिरिराज किशोरसँग पराजित भएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top