×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतले भोलि चन्द्रमामा यान पठाउने

२८ असार २०८०

२८ असार, एजेन्सी ।
भारतले भोलि शुक्रबार आफ्नो महत्वकाँक्षी मिसन चन्द्रयान ३ प्रक्षेपण गर्न लागेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले तेस्रोपटक चन्द्रमामा रकेट प्रक्षेपण गर्ने भएको हो । यसअघि चन्द्रमा चुम्ने भारतका दुई प्रयास असफल भइसकेका छन् ।

यस मिसनको उद्देश्य चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नु रहेको छ । यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ प्रक्षेपण गरेको थियो । तर चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो ।

तर उक्त मिसन अपूरो भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान मिसनबाट आफू खुसी भएको र भारतको ठूलो जित भएको बताएका थिए । चन्द्रयान इसरोको चन्द्रमा अन्वेषण कार्यक्रम हो ।

तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीले सन् २००३ मा उक्त प्रक्षेपणको घोषणा गरेका थिए भने पहिलोपटक उक्त यान सन् २००८ अक्टोबर २२ मा प्रक्षेपण गरिएको थियो। त्यसबेला ३१२ दिनसम्म चलेर २००९ अगस्ट २९ मा निष्क्रिय भएको थियो ।

त्यसबेला उक्त यानले चन्द्रमाको ३४ चक्कर लगाए पनि चन्द्रमाको सतहमा अवतरण गर्न भने सकेन । त्यसैलाई भारतले निरन्तर निरन्तरता दिँदै चन्द्रमामा चुम्ने लक्ष्य जारी राखेको छ । हालसम्म चन्द्रमामा रुस, अमेरिका र चीनले आफ्नो यान अवतरण गराएका छन्।

मिसन सफल भएमा भारत चन्द्रमामा यान ओराल्ने चौथो राष्ट्र बन्नेछ । शुक्रबारको प्रक्षेपण सफल भयो भने त्यो अन्तरिक्षमा भारतको ठूलो सफलता हुनेछ । यो यान भारतको श्रीहरिकोटाबाट दिउँसो २ः३५ मा उड्नेछ ।यानलाई अगस्ट २३ वा २४ मा चन्द्रमामा अवतरण गराउने लक्ष्य इसरोको रहेको छ ।

इसरोका अनुसार चन्द्रयान–३ मिशन चन्द्रयान–२ को अर्को चरण हो, जसले चन्द्रमाको सतहमा अवतरण गर्नेछ र परीक्षण गर्नेछ।यसमा प्रोपल्सन मोड्युल, ल्यान्डर र रोभर हुनेछन् । चन्द्रयान–३ को फोकस चन्द्रमाको सतहमा सुरक्षित अवतरण गर्नेतर्फ रहेको छ । मिसनको सफलताको लागि नयाँ उपकरणहरू सिर्जना गरिएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top