×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारत–पाकिस्तान सीमामा झडप हुँदा १६ जनाको मृत्यु

२९ कार्तिक २०७७

एजेन्सी । जम्मू–कश्मीरस्थित भारत–पाकिस्तान सीमामा शुक्रबार भएको झडपमा १६ जनाको मृत्यु भएको छ ।

जसमा तीन भारतीय सैनिक र एक जना पाकिस्तानी सैनिक पनि रहेका छन् । दुवै पक्षका गरी कम्तीमा ३६ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । दुवै पक्षले एक अर्कालाई युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । पाकिस्तानी अधिकारीहरुले शुक्रबार राति भारतले रकेट र मोर्टार सेल प्रहार गर्दै द्वन्द्वको सुरुवात गरेको आरोप लगाएको छ । पाकिस्तानी अधिकारीका अनुसार एक जना पाकिस्तानी सैनिक र ५ जना सर्वसाधारणको भारतीय आक्रमणमा परी मृत्यु भएको छ । त्यस्तै पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार आक्रमणमा परी ३० जना सर्वसाधारण र ५ जना सैनिक घाइते भएका छन् । भारतीय अधिकारीका अनुसार पाकिस्तानले गरेको आक्रमणमा परी ६ जना सर्वसाधारण, तीन जना सैनिक र एक जना बीएसएफ जवानको मृत्यु भएको छ ।

भारतीय सेनाले पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्दै पहिले आक्रमण गरेको पनि आरोप लगाएको छ । जवाफी कारबाहीमा पाकिस्तानतर्फको भौतिक संरचना ध्वस्त बनाएको भारतीय सेनाले दाबी गरेको छ । पाकिस्तानी अधिकारीले भने पाकिस्तान प्रशासित जम्मू–कश्मीरको नीलम र लीपा उपत्यकामा सर्वसाधारणलाई लक्षित गरी भारतले आक्रमण गरेको आरोप लगाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top